News मुख्य समाचार

शैैक्षिक माफिया होशियार, शिक्षक कुट्न पाइदैन भन्दै सडकमा उर्लिए शिक्षक(भिडियो सहित)

शैैक्षिक माफिया होशियार, शिक्षक कुट्न पाइदैन भन्दै सडकमा उर्लिए शिक्षक(भिडियो सहित)

काठमाडौं । ‘शैक्षिक माफिया होशियार, शिक्षक कुट्न पाइदैन’ भन्ने नारा लिएर राहत शिक्षक आन्दोलनमा उत्रिएका छन् । ९५ हजार भन्दा बढी शिक्षकको पेशागत सुनुवाइ नभएकाे भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । राहत र बालविकास  शिक्षक शिक्षिकाहरुको भविष्य राज्यले ग्यारेन्टी नगर्दा सडकमा आउन बाध्य भएको आन्दोलनकारीले बताए । 

 

राज्यले राहत तथा बालविकास शिक्षकको पेशागत भविष्य सुनिश्चित नगरेसम्म आन्दोलन जारी रहने चेतावनी उनीहरूले दिए । आन्दोलनकै कारण आज  देशभरका सामुदायिक विद्यालय बन्द भएको र आफूरूको माग पूरा नभएसम्म विद्यालय बन्द रहने जानकारी गराए । यसका लागि उनीहरूले शिक्षा कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तय गरेका छन् । 

शान्तिपूर्ण  आन्दोलनमा भएको प्रहरी दमनको उनीहरूले विरोध गरेका छन् । आन्दोलनको दोस्रो दिन प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपरेको थियो । प्रहरीसँग आफूहरूको केही दुश्मनी नभएको भन्दै मर्यादित बन्न उनीहरूले सुझाएका थिए ।  

 

प्रहरीलाई आफ्नो विवेक प्रयोग गर्नु सुझाउँदै एक आन्दोलनकारीले भने, ‘सकिन्छ भने सिमानामा जाउ, जहाँ रातदिन सिमाना मिचिएको छ । त्यहाँ तागत देखाउ ।  दिउँसै बेचिएका नेपाली चेलिबेटीको उद्वार गर । शिक्षकलाई तागत देखाएर नामर्द नबन ।’ 

 

राहत शिक्षकको पेशागत हक हितका लागि लड्छु भन्ने पक्षमा नेपाल सरकार नभएको कारण आफूहरु पीडित भएको र शान्तिपूर्ण आन्दोलन गरेको बेलामा पनि प्रहरी दमन भएकोमा आन्दोलनकारीले दुःख व्यक्त गरे । 

आन्दोलनकाीहरूले आफ्नो माग पूरा नभएसम्म विद्यालयहरु ठप्प बनाउने र शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने बताएका छन् । सरकारले ३६ हजार बाल विकास शिक्षकहरु, ४० हजार राहत शिक्षक लगातका जतिपनि पेशागत सहिष्णुता नभएका शिक्षकको पेशागत ग्यारेन्टीको व्यवस्था गरिनुपर्ने माग उनीहरूको छ । 

सामुदायिक विद्यालय राहत शिक्षक

विशेष