News

जिल्ला नपुग्दै फेरिए दार्चुलाका डीएसपी

जिल्ला नपुग्दै फेरिए दार्चुलाका डीएसपी

दार्चुला । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख २१ दिनमै फेरिएका छन् । गत माघ २८ गते दार्चुला काज सरुवा गरिएका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल जिल्ला नपुगेरै फेरि पुरानै दरबन्दीमा पठाईएका हुन् । प्रहरी प्रधान कार्यालयले सोमबार निकालेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ । 

 

महानगरीय प्रहरी शाखा महराजगञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका डिएसपी रिजाललाइ पुरानै ठाउँमा पठाइएको छ । रिजाल दुई हप्ता पहिले नै दार्चुला हाजिर हुने खबर आएपनि जिल्ला नआएरै सरुवा भएका हुन् । दार्चुलाका तत्कालीन प्रहरी प्रमुख नवराज अधिकारीको बढुवा सिफारिस भएपछि काठमाडौं सरुवा भइसकेको छ । अधिकारीको सरुवापछि जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक जना मात्रै प्रहरी निरीक्षक रविन्द्र कठायत कार्यरत छन् । कठायतले नै २१ दिनदेखी निमित्त जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर कार्यसम्पादन गरिरहेका छन् ।

दार्चुला DSP भेषराज रिजाल

विशेष