विदेश

चीनले ७.५ प्रतिशत बढायो सुरक्षा बजेट

चीनले ७.५ प्रतिशत बढायो सुरक्षा बजेट

एजेन्सी । चीनले विगत केही वर्षदेखि बढाउँदै आएको रक्षा बजेट यसवर्षमा पनि कायम राखेको छ। चीनले अघिलो वर्ष ८.१ प्रतिशतले बढाएको रक्षा बजेट यो वर्ष ७.५ प्रतिशतले बढाएको हो।

 

रक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट खर्च गर्ने अमेरिकापछि चीन दोस्रो ठूलो देश हो। चीनको रक्षा बजेट भारतीको भन्दा तीन गुणा बढी छ। सन् २०१८ मा चीनले आफ्नो रक्षा बजेट ८.१ प्रतिशत बढाएको थियो। अहिले चीनको रक्षा क्षेत्रको व्यय बढेर १७५ अर्ब डरल पुगेको छ।

 

चीनका प्रधानमन्त्री ली क्विङले मंगलबारको नेशनल पिपुल्स कांग्रेस (एनपिसी)को वार्षिक सत्रका क्रममा तथ्यांक प्रस्तुत गर्ने छन् र रक्षा बढेको घोषणा गर्ने छन्। चीनको संसदमा दर्ता भएको ड्राफ्ट बजेटमा २०१९ को रक्षा बजेट १.१९ ट्रिलियन युआन छ। यद्यपि यो बजेट अघिल्लो सालको वृद्धको अनुपमातमा केही प्रतिशत कम हो। अघिल्लो वर्ष ८.१ प्रतिशत वृद्धि भएको थियो भने यो वर्ष ७.५ प्रतिशत रक्षा बजेट वृद्धि भएको हो।

 

सन् २०१५ मा चीनले रक्षा बजेटमा दुई गुणा वृद्धि गरेर संसारलाई अचम्ममा पारेको थियो। त्यसपछि चीनले लगातार आफ्नो रक्षा बजेटमा वृद्धि गर्दै लगेको छ।

 

एनपिसीका प्रवक्ता झांग येसुइले सोमबार मिडियासँग कुराकानी गर्दै चीनले रक्षा क्षेत्रमा भारी खर्च गर्ने नीतिलाई जारी राख्ने संकेत गरेका थिए। झांगले मिडियासँगको कुराकानी क्रममा भने, कुनैपनि देशमा सैन्य खतरा छ कि छैन भन्न आंकलन रक्षा खर्चको वृद्धिमा भन्दा पनि उसको विदेश र राष्ट्रिय रक्षा नीतिको आधारमा तय हुनुपर्छ। उने चीनको रक्षा बजेट वृद्धि अन्य विकासशील देशको तुलनामा कम भएको पनि दाबी गरे।

चीन रक्षा बजेट

विशेष