शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । वार्षिक परीक्षा र एसईई परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो ।
शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेका छन् ।
शिक्षक एसईई परीक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय