News

दुर्घटनामा फेरि एक प्याराग्लाइडरको मृत्यु

दुर्घटनामा फेरि एक प्याराग्लाइडरको मृत्यु

कास्की । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान भर्ने क्रममा बजारिएका रसियन सोलो पाइलटको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए।

 

सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिनअघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।

प्याराग्लाइडिङ

विशेष