विदेश

भाजपाको अफिसियल वेब साइट ह्याक

भाजपाको अफिसियल वेब साइट ह्याक

एजेन्सी । भारतीय जनता पार्टीको अफिसियल वेबसाइट ह्याक भएको समाचार भारतीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका छन्। भाजपाको अफिसियल वेबसाइट www.bjp.org मा ह्याकिङ भएको हो।

 

उक्त ह्याकिङका बारेमा भाजपाले आधिकारीक कुनै जानकारी दिएको छैन। यद्यपि वेबसाइट भने इरर देखिएको छ। भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार भाजपाको वेबसाइट बिहान ११ बजे खोल्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको र जर्मन चान्सलर एन्जेला मार्केलको एउटा भिडियो राखिएको र त्यसमाथि अभद्र शब्दहरूले लेखिएका थिए। त्यसको केही क्षणमा साइट अफलाइन भयो र इररको म्यासेज दिन लागेको हो।

 

तपाईंहरूलाई जानकारी नहुनसक्छ यसअघि पाकिस्तानी ह्याकरले छत्तिसगढ भाजपाको बेवसाइट ह्याक गरेका थिए। पाकिस्तानी ह्याकरले भाजपाको वेब साइट सिजिस्टेट.बिजेपी.ओआरजीलाई ह्याक गरेर पाकिस्तानी सेनाले सैन्य परेड गरेको देखाइएको थियो। उक्त वेबसाइट सन् १९९५ डिसेम्बर २६ मा दर्ता भएको थियो। तर उक्त साइट सन् २०१८ अक्टुबर १० देखि अपडेट भएको छैन।

ह्याक

विशेष