News

नेपालका सरकारी कर्मचारीहरू भारतमा तालिमलाई निरन्तरता दिँदै

नेपालका सरकारी कर्मचारीहरू भारतमा तालिमलाई निरन्तरता दिँदै

नेपाल सरकार अर्थ मन्त्रालका २२ जना कर्मचारीको तेस्रो टोलीले भारतमा आफ्नो तालिमलाई निरन्तरता दिइरहेको भारती दूतावासले जनाएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दूतावासले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एन्ड फाईनान्स’(आइएनजिएफ)  मा सञ्चालन भइरहेको तालिममा नेपाल सरकारका कर्मचाीहरू फागुन २० गर्ते देखि सहभागी हुँदै आएका हुन् । 

 

उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको हो । 
कूल ६२ कर्मचारीलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यक्ता अनुरूप तयार पारिएको हो । तालिमले विद्युतीय भुक्तानी, लेखाविधि तथा रकम व्यवस्थापन , सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ । 

 

यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।
हाल तालिम प्रदान गरिरहेको उक्त तालिम केन्द्र(आइएनजिएफ) विभिन्न अन्तराष्ट्रिय शैक्षिक संघसंस्थाहरूसँग पनि आबद्ध रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 

तालिम भारत सरकारी कर्मचारी

विशेष