News प्रदेश १

श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले ओकले

श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले ओकले

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आउको तलब एकमुष्ठ फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

 

उपमेयर  भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।


 

ताप्लेजुङ फुङलिङ नगरपालिका बमबहादुर भट्टराई

विशेष