News

भारतीय कम्पनीले नेपालका ७२ शैक्षिक संरचनाको भूकम्प पछिको पुनर्निर्माणमा प्राविधिक सहयोग गर्ने 

भारतीय कम्पनीले नेपालका ७२ शैक्षिक संरचनाको भूकम्प पछिको पुनर्निर्माणमा प्राविधिक सहयोग गर्ने 

भारतीय राजदूतावास काठमाडौं र ‘द सेन्ट्रल बिल्डिङ रिसर्च इन्सिच्यूट’(सिआरबिआइ), भारतबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुननिर्माणका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप प्रमुख डा अजय कुमार तथा सिबिआरआइ तर्फबाट त्यहाँका समूह अगुवा डा पूर्णिमा परिदले हस्ताक्षर गरे । 

 

 

उक्त समारोहमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी सारिक थिए । 

सिबिआरआइले गोर्खाको, नुवाकोट, धादिङ, दोलाखा, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० वटा उच्च माध्यामिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटनस्थित राष्ट्रिय पुस्तकालको पुननिर्माणका लागि डिजाइन तथा परियोजना व्वस्थापन परामर्श सेवा प्रदान गर्नेछ । 

 

सिबिआरआइले नेपाल सरकारको विपद उत्थानशील पुननिर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनर्निर्माण गर्न शिक्षा मन्त्रालको केन्द्री आयोजना कार्यन्वयन इकाईसँग काम गर्नेछ । 

 

'काउन्सील अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च' अन्तर्गत रहेको सिबिआरआइ आश्रय योजना, निर्माण सामाग्री, संरचना तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रोगशालाको रुपमा परिचित छ ।  
 

पुनर्निर्माण

विशेष