News

दुर्घटना बढेपछि पोखरामा प्याराग्लाइडर उडान बन्द

दुर्घटना बढेपछि पोखरामा प्याराग्लाइडर उडान बन्द

कास्की । तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ ।

 

विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै मंगलबार अर्को सूचना जारी नहुँदासम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ । यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

 

प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए । विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन् ।

प्याराग्लाइडिङ

विशेष