घरेलु मदिरा र कच्चा पदार्थ नष्ट
लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार बिहान करीब ११ः३० बजे विष्णुपुर गाउँपालिका १ बस्ने नागे साह र अर्नामा गाउँपालिको वाड नम्बर २ बस्ने मिथलेस साह कलुवारको घरबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरमाद गरेको थियो। उनीहरूको घरबाट करिअन्दाजी ३ हजार ९ सय लिटर, बनाउन प्रयोग हुने सख्खर अन्दाजी १ सय ५० केजी, तयारी घरेलु मदिरा ३० लिटर, कच्चा पदार्थ राख्ने डरम १६ थान तथा घरेलु मदिरा बनाउन प्रयोग हुन् यन्त्र २ थान बरामद गरेको थियो।
बरामद गरिएको मदिरा र कच्चा पदार्थ स्थानीय व्यक्ति र भद्रभलादमीको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएका छन । मदिरा बनाउन प्रयोग हुने भाडाकुडा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको जिल्ला प्रहरी कार्यालय सिरहहाका डिएसपी माधवराज खरेलले बताए।
अवैध मदिरा