पूर्वराजाको भ्रमण रद्दसँगै रोकियो शिव सेना
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारदेखि हुने जिल्ला भ्रमण पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको स्वास्थमा समस्या हुँदा रद्द भएसँगै शिव सेना नेपालको टोली पनि रोकिएको छ । राजसंस्था पक्षधर शिव सेना नेपालको केन्द्रीय टोली बुधबार बिहानै तराईतर्फ प्रस्थान तयारीमा थियो ।
अध्यक्ष अनिल बस्नेत ‘बाबा’ नेतृत्वको टोली बुधबार बिहानै जनकपुरतर्फ प्रस्थान गर्ने भनिएपछि सो कार्यक्रम स्थगीत भएको सो पार्टीले जनाएको छ ।
पूर्वराजा शाह झापाबाट जनकपुर जाने कार्यक्रम तय भएको थियो । धनुषा, सर्लाही, महोत्तरीलगायत जिल्लाको स्थानीय सुरक्षा संयोजन गर्न पार्टीले आफ्नो मातहतका निकायलाई निर्देशन पनि दिइसकेको थियो ।