News अर्थ

अर्थका २२ कर्मचारी भारतमा पब्लिक फाइनान्ससम्बन्धी तालिम लिँदै

अर्थका २२ कर्मचारी भारतमा पब्लिक फाइनान्ससम्बन्धी तालिम लिँदै

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (आइएनजिएएफ) मा सञ्चालन भइरहेको ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्स म्यानेजमेन्ट विषयको तालिम फाल्गुण २० गते देखि सुरु गरेको छ । उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (आइटिइसी) अन्तर्गत सञ्चालन भइरहेको छ ।

 

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकताअनुरुप तयार पारिएको हो। यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि अपेक्षा छ। यसअघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए। 

 

आइएनजिएएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो। अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था इन्टिट्यट अफ इन्टरनल एडिट (आइएए) फ्लोरिडा, आटलान्टा स्कुल अफ पब्लिक पोलिसी, डुक युनिभर्सिटी, म्यानेजमेन्ट डेभलवमेन्ट इन्टिट्युट (एमडिआइ) गुरागाउँ, इन्डिया इन्टिट्युट अफ म्यानेजम्यान्ट ब्यांगलोरु आदि जस्ता प्रमुख संस्थाहरुसँग आबद्ध छ ।

 

आइएनजिएएफ संसार भरका विकासशील मित्र राष्ट्रका कर्मचारीहरुललाई आइटिइसी कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था रहेको काठमाडौंस्थित नेपालका लागि भारतीय दूतावसाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अर्थमन्त्रालय तालिम

विशेष