News स्वास्थ्य

टुँडिखेलमा साताव्यापी निःशुल्क योग शिविर 

टुँडिखेलमा साताव्यापी निःशुल्क योग शिविर 

काठमाडौं । मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौंको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ। 

 

योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने लक्ष्यसहित निःशुल्क योग शिविर आयोजना गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । शिविरमा दैनिक एक हजार योग साधक सहभागी गराउने लक्ष्य रहेको मनोक्रान्ति केन्द्र नेपालका संस्थापक डा योगी विकाशानन्दले जानकारी दिए । शिविरमा सबै व्यक्ति सहभागी हुन सक्नेछन् । 

 

उपत्यका बाहिरबाट आउने योग साधकका लागि भने संस्थाले नै आवासको व्यवस्था मिलाएको छ । योग शिविर बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म चल्नेछ । शिविर चैत २ गतेसम्म चल्नेछ । विसं २०४३ देखि डा योगी विकासानन्दले सो अभियान सञ्चालन गर्दै आएका छन् । योग साधनाबारे चेतना फैलाउनु कार्यक्रमको उद्देश्य भएको केन्द्रका महासचिव डा. सुवास घिमिरेले बताए ।

योगा डा योगी विकासानन्द

विशेष