News अपराध सुरक्षा

निर्मला पन्त हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

निर्मला पन्त हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं : निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुरका तत्कालीन प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।

 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।

 

इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरुको बयान बिहीबारबाट सुरु हुनेछ । बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ ।

 

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शब भेटिएको थियो ।

दिल्लीराज विष्ट निर्माला पन्त हत्या प्रकरण

विशेष