News राजनीति

अधिकारीद्वयको सम्झनामा आज श्रद्धाञ्जलि-सभा, अध्यक्षद्वयले सम्बोधन गर्ने

अधिकारीद्वयको सम्झनामा आज श्रद्धाञ्जलि-सभा, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाठौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुईजना नेताको सम्झनामा बिहीबार काठमाडौंमा संयुक्त श्रद्धान्जलिसभा गर्दैछ।

 

नेकपाले पूर्व-उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जलिसभा गर्न लागेको हो। भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने श्रद्धान्जलिसभालाई नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न कार्यक्रम तय भएको नेकपाल जनाएको छ। 

 

पूर्व-उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८३ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी, पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

रवीन्द्र अधिकारी भरतमोहन अधिकारी श्रद्धाञ्जलि

विशेष