News

अख्तियारकै आयुक्त र कर्मचारीको निगरानी गर्न प्रतिजासुस संयन्त्र 

अख्तियारकै आयुक्त र कर्मचारीको निगरानी गर्न प्रतिजासुस संयन्त्र 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त  र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नविन घिमिरेको निर्देशनमा प्रतिजासुस परिचालन गरेको छ । 

 

तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घूस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीहरुको निगरानी गर्न प्रतिजासुस संयन्त्र परिचालन गरेका हुन् । 

 

‘आयुक्त र अन्य कर्मचारी घूस प्रकरणमा जोडिएको विषय निकै लाजमर्दो विषय हो’ आयोग उच्च स्रोतले भन्यो, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायकै पदाधिकारी र कर्मचारीका यस्ता गलत हर्कत नियन्त्रणमा समेत प्रतिजासुस संयन्त्र खटाइएको हो ।’

 

यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

विशेष