महिला दिवसको अवसरमा भारतीय दूतावासमा सांगीतिक च्यारिटी कार्यक्रम सम्पन्न
काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित भारतीय दूतावासले च्यारिटी सांगीतिक कार्यक्रमको सम्पन्न गरेको छ । ‘इण्डियन वोमन्स एसोसियसन’ द्वारा आोजित उक्त सांगीतिक कार्यक्रममा प्रख्यात भायोलिन बादक डा.एल.सुब्रमण्यम तथा पसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको प्रस्तुती रहेको थियो ।
काठमाडौंस्थित भारतीय दुतावासमा भएको उक्त कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका १५०० भन्दा बढी व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा डा.एल.सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिंगा र फ्रिजो फ्रान्सिस(किबोर्ड), बसन्त कुल्कणी(ड्रम तथा परकुसन), अल्वेन फर्नाण्डेज(गितार), किथ पिटर्स(बेस गितार), तन्मोय बोस(तबला), पी.एन.एस फाल्गुन(मृदंगम) र विनय भिन्सेण्ट(साउण्ड इञ्जिनियर) को सहभागिता थियो ।
यस च्यारिटी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको साझा सांगीतिक विरासतलाई प्रवद्र्धन गर्ने एक प्रयासको रुपमा रहेको छ । आयोजक रहेको संस्था इण्डियन वोमन्स एसोसियसन’ ले नेपालमा सामाजिक उद्देश्यका विशेषतः महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न किसिमका परोपकारी कार्यहरु नियमित रुपमा गर्ने गर्छ ।