News

डेढ करोड खर्च भएपछि पुलको नक्शा गलत !

डेढ करोड खर्च भएपछि पुलको नक्शा गलत !

काठमाडौं । धोबीखोला कोरिडोर अन्तर्गत निर्माण गरिएको एक पुलमा नक्शा गलत भएपछि भत्क्याउनु पर्ने भएको छ। तीन करोड २२ लाखको ठेक्काको पुलमा एक करोड ५९ लाख रुपैयाँ खर्च भएको छ। सडक डिभिजन कार्यालयले नयाँ नक्शाअनुसार पुल नबनेको भन्दै सोहीअनुसार गर्न आग्रह गरेको छ । 


सडक डिभिजन कार्यालयले दिएको पूरानो नक्शाअनुसार पुल निर्माण गरिएपनि नयाँ नक्शाअनुसार बताउनु पर्ने भएको हो। अहिलेसम्म सकिएको निर्माण  नयाँ नक्शाअनुसार कति भत्काउनुपर्छ भन्ने निश्‍चित छैन। २१ भदौ २०७२ मा लागेको ठेक्का अनुसार काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल २० माघ २०७३ मा सकिनु पर्थ्यो तर विभिन्न कारणले अहिलेसम्म पिलर ठड्याएर स्वाब राख्न थालेको छ। यही बेला नै सडक कार्यालयले नक्शा गलत भएको उल्लेख गरेको हो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

धोबीखोला कोरिडोर पुल

विशेष