News

आफैले पढाउने छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

आफैले पढाउने छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाँउपालिका ९ सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्काले सोही बिद्यालयमा अध्ययनरत छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए । गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गरेको उजुरी छात्राले प्रहरी समक्ष गरेकी छन । ति छात्राको उजुरीको आधारमा खडकालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

शिक्षक पक्राउ   छात्रा बलात्कार

विशेष