News

थारू आन्दोलनकारी मात्र दण्डित हुनु विडम्वनापूर्ण : डा. बाबुराम भट्टराई

थारू आन्दोलनकारी मात्र दण्डित हुनु विडम्वनापूर्ण : डा. बाबुराम भट्टराई

काठमाडौं । टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले माइक्रो ब्लगिङ साइट ट्विटरबाट टिप्पणी लेख्दै जिल्ला अदालत कैलालीको फैसलाका बारेमा असन्तुष्टि व्यक्त गरेका हुन्।

 

जिल्ला अदालतले बुधबार तीन वर्षअघि एक नाबालसहित आठ जानको ज्यान जाने गरि भएको घटनामा रमेश चौधरीसहित ११ जना दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।  संयोजक भट्टराई उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका हुन्। उनले थारू विद्रोहका क्रममा भएको घटनालाई लिएर चौधरीसहित ११ जनालाई आजन्म कैद सजाय हुनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन्। उनले उक्तघटना पूर्वका कांग्रेस/एमाले/माओवादी/मधेसी आन्दोलनकारीसँग राजनीतिक सम्झौता हुनु तर थारू आन्दोलनकारी मात्र दण्डित हुनु कति जायज हो? भन्दै प्रश्नसमेत गरेका छन्।

 

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई थारू विद्रोहको क्रममा भएको घटनामा आजन्म कैदको सजाय हुनु विडम्बनापूर्ण! त्यसपूर्व कांग्रेस/एमाले/माओवादी/मधेसी आन्दोलनकारीसँग राजनीतिक सम्झौता हुनु तर थारू आन्दोलनकारी मात्र दण्डित हुनु कति जायज?यो त जो होचो उसको मुखमा घोचो भयो कि? उनले ट्विटरमा भनेका छन्।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको छ। उनीहरूमध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ। टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन प्रकारको वारदातको अभियोग लगाइएको थियो। डाँका चोरीतर्फ सबै जनाले सफाइ पाएका छन्।

 

मधेसी/थारू आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो। घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते। वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए।

 

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए। सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपाल रेशम चौधरी टीकापुर घटना

विशेष