एउटै मञ्चबाट प्रधामन्त्री ओली र सिके राउतले सम्बोधन गर्ने !
काठमाडौं : राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले एउट मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार अपरान्ह १ बजे राष्ट्रिय सभा गृहबाट प्रधानमन्त्रीले र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने बताइएको छ। सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्।
राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ । तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो ।
सिके राउत केपी शर्मा ओली