बालुवाटारमा नेकपाको आकस्मिक बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आकस्मिक बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठक बिहान ११ बजेदेखि शुरु भएको हो । दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाले आकस्मिक बैठक डाकिएको बताइएको छ । तर, प्रधानमन्त्रीको सम्बोधनको विषय भने खुलाइएको छैन ।
नेकपा बालुवाटर