News

युवाको माग : स्वास्थ्य र शिक्षा निःशुल्क

युवाको माग : स्वास्थ्य र शिक्षा निःशुल्क

काठमाडौं : शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् ।

 

'हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा जस्तो अत्यन्तै संवेदनशील क्षेत्र सबै नागरिकको पहुँचमा निःशुल्क र सर्वसुलभ हुनुपर्छ भन्ने नै हो'–पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

अभियानकर्मी विजय थापाले नेपालमा मेडिकल कलेजकै अभावमा अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यात्मक कारणबाट हजारौं नेपाली प्रताडित भएको बताए। उनले यसबारे पनि सरकारले नेपालमा शिक्षामा सबैको पहुँच बारेमा गम्भीरतापूर्वक सोच्नु पर्ने धारणा राखे। अध्ययनका सिलसिलामा बंगदेश, अष्ट्रेलिया र भारतलगायतका देशमा गएका हजारौँ नेपाली विद्यार्थी अलपत्र भएको बारेमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

विजय थापा

विशेष