सिके राउतसँग सरकारको ११ बुँदे सहमति, सबै मुद्दा फिर्ता
काठमाडौं । सिके राउत र उनका समर्थकविरुद्धका सम्पूर्ण मुद्दा सरकारले फिर्ता लिने भएको छ । स्वतन्त्र मधेसका नाममा भएका सम्पूर्ण क्रियाकलाप, झण्डा, नक्साआदि अन्त्य गरिने सहमति भएको छ । ११ बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेसका तर्फबाट संयोजक चन्द्रकान्त राउतले हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र मधेसका अभियानमा आन्दोलन गरेका र जेलमै निधन भएका राममनोहर यादवका परिवारलाई सरकारले रोजगारी र क्षतिपूर्ति दिने भएको छ । बाँकीको उपचाराको जिम्मेवारी पनि लिने भएको छ ।