News

तेलभन्दा पानी दोब्बर महँगो

तेलभन्दा पानी दोब्बर महँगो

रामेछाप । तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको  ३ सयले भान्सामा तेल पुर्‍याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ ।

 

जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन् । बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेलभन्दा खर्चिलो हुन थालेको हो ।

 

जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 

पानी

विशेष