डेढ अर्ब उठाएसँगै काठमाडौं मलबाट सबै व्यापारी हटाउने सञ्चयकोषको तयारी
काठमाडौं । काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरूले सधैँ नै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए ।
काठमाडौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाण्डौमलमा राख्न सफल भए ।संञ्चयकोष आएपछि व्यवसायीले अब आरामसँग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् । ‘सञ्चयकोषको व्यवस्थापन आएपछि ढुक्कसँग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौँ तर सञ्चयकोषले चलखेल गरेर काठमाडौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदै छ’ संघका अध्यक्ष सुष्मा महराले भनिन् ।
सञ्चयकोषले नै व्यपारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उनले अहिले व्यसायीलाई उठाउन खोज्नु जायज नभएको बताएकी छन् । मलमा ब्यवसाय गरेर वसिरहेका ब्यवसायहरुलाई नै हटाउने प्रपन्च सञ्चयकोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल ब्यपार संघका अध्यक्ष सुषमा महरा अब आफू आमरण अनसनमा बस्ने जनाएकी छन् ।
पछिल्लो पटक कर्मचारी संचयकोषका भवन प्रमुखसंग भएको वार्तामा ब्यवसाय सिध्याउने मिसन र ब्यपार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचयकोषको नियत प्रष्ट भैसकेको महराको दावी छ । महराका अनुसार कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल संचालनमा ल्याएयता संचयकोषले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलि सकेको छ ।
यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन नगर्ने उल्टै ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेको ३ सय ब्यपारी लाई साथै ३ हजार कर्मचारीले रोजगारी पाईरहेको केन्द्र लाईनै तहस नहस गर्न खोज्नु ज्यादति पुर्ण भएको बताएकी छन् ।
उनका अनुसार यहाँका ब्यवसायहरु टेन्डर मार्फत १५ वर्षको अवधि लिएर ठेकेदार आएपछि १५ वर्षको योजना बनाएर घर खेत भएका सबै जायजेथा बैंकमा राखेर काम गरेकाले अबको विकल्प कि त आत्महत्या गर्नु यात लड्नु मात्र भएको बताएकी छन् । यसैका लागि अध्यक्ष महरा आफ्नो प्राण नै दाउमा लगाएर भए पनि लड्ने अठोटका साथ आमरण अनसन बस्ने तयारीमा रहेको बताएकी छन । यो खबर नेपाल समाचार पत्रबाट लिइएको हो।
संचयकोष काठमाडौं मल