News

रेल आउने कहिले, कुटाकुट भने अहिले !

रेल आउने कहिले, कुटाकुट भने अहिले !

काठमाडौं । पूर्व पश्चिम रेलमार्गको बुटबल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआरका लागि माटो परीक्षण गर्न पुगेका रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटबल उपमहानगरपालिका ११ को कार्यालयमा बैठक बसेको थियो।

 

बैठकमा छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याको भन्दै प्रभावित क्षेत्रका तीन व्यक्तिले अर्याललाई कुटेका छन् । उनलाई स्थानीय यज्ञ न्यौपाने, मीनप्रसाद पराजुली र युवराज खनालले दाँत भाँचिनेगरी कुटेका हुन्।  यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

विस्तृत परियोजना प्रतिवेदन पूर्व पश्चिम रेलमार्ग

विशेष