तोरीको तेलभन्दा खानेपानी महंगो !

रामेछाप । तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ। यर्थाथ यही हो। महिनाको ३ सयले भान्सामा तेल पुर्याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ। जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन्। बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने। भुजेलजस्ता सामान्य आय नभएका परिवारालाई मुख रसाउने कुरा असामान्य बन्दै गएको छ। बिजुलीको भाउ महंगो भएकाले पानीको महसुल बढाउनु परेको खानेपानीका व्यवस्थापक जगदीश सुवेदीले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
खानेपानी तोरी