आइएसमा प्रवेश गरेकी ब्रिटिस किशोरी शमिमा बेगमका नवजात शिशुको सिरियामा मृत्यु
एजेन्सी । ब्रिटिस किशोरी १९ वर्षीया शमिमा बेगमका नवजात शिशुको सिरियामा मृत्यु भएको छ। तीन साताभन्दा कम उमेरका शिशुको निमोनियाबाट मृत्यु भएको बिबिसीले जनाएको छ।
यसअघि उनले बच्चा जन्माउन ब्रिटेन फर्क चाहेको बताएकी थिइन्। तर, ब्रिटेन सरकारले उनको नागरिकता खारेज गरिदिएको थियो। बिबिसीले उत्तर पूर्वी सरियामा नियन्त्रणमा राख्ने अमेरिका समर्थित सिरियन डेमोक्र्याटिक फोर्सेसमार्फत उक्त कुरा पुष्टि गरेको जनाएको छ। क्याम्प नजिक जेलमा रहेका बेगमका डच श्रीमानलाई समेत शिशुको मृत्युको खबर सुनाइएको छ।
ब्रिटेनका गृहमन्त्री साजिद जविदले उक्त खबरप्रति प्रतिक्रिया जनाउँदै मर्माहत परिवारप्रति सहानुभूतिमात्रै प्रकट गर्न सक्ने बताएका छन्। यसअघि शमिमको नागरिकता रद्ध उनका सन्तानमा भने लागू नहुने बताएका थिए।
ब्रिटेनले बेगमकी आमा बंग्लादेशकी भएकाले उनलाई पनि बंग्लादेशले नागरिकता दिनु पर्ने बताएका थिए। तर, बंग्लादेशले एक विज्ञप्ति निकाल्दै उक्त विषयमा असहमति जनाएको थियो । बंग्लादेशले बेगमले दोहोरो नागरिकताका लागि आवेदन नदिएको र अहिलेसम्म उनले बंग्लादेशको भ्रमण पनि नगरेकाले बेगमलाई 'त्रुटिपूर्ण तवरले बांग्लादेशीको रूपमा चित्रित गरिएको' बताएको थियो।
इस्लामिक स्टेटमा प्रवेश गर्न उनीसहित तीन जना साथी लण्डनबाट भागेर सिरिया पुगेका थिए। सन् २०१५ मा शमिमा र उनका दुई स्कुले साथी आइएसमा प्रवेश गर्ने भन्दै लण्डनबाट भागेका थिए।
बेगमले यसअघि जन्माएका दुई शिशुलाई पनि बचाउन नसकेको बताएकी थिइन् । तर, उनले बिबिसीसँगको कुराकानीमा आइएसमा प्रवेश गरेर आफूलाई कुनै प्रश्चताप नभएको पनि बताइन्।
शमिमा बेगम