News

कांग्रेस सांसद अमरेशकुमारले कसे दोस्रो पटक लगनगाँठो

कांग्रेस सांसद अमरेशकुमारले कसे दोस्रो पटक लगनगाँठो

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेशकुमार सिंहले दोस्रो पटक लगनगाँठो कसेका छन्। सर्लाही मूलघर भएका सिंहले कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगनगाँठो कसेका हुन्।

 

जोशी त्रिभुवन विश्वविद्यालयमा हिन्दी विभागकी उपप्राध्यापक हुन्। उनीहरूको शनिबार बंगलामुखी मन्दिरमा विवाह सम्पन्न भएको हो। पारिवारिक जीवन सफल नभएपछि जोशी विगत एक दशकदेखि संयुक्त परिवारमा भएर पनि एकल जीवन बिताउँदै आएकी थिइन्।

 

कानूनी रूपले सम्बन्ध बिच्छेद गरिसकेकी लक्ष्मी र अमरेशबीच केही वर्षअघि चिनजान भएपछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको हो।

 

सांसद अमरेश कुमारको यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो। तर, ती युवतीसँगको वैवाहिक जीवन चल्न नसकेपछि २०६७ सालमा उनहरूको सम्बन्ध बिच्छेद भएको थियो। सांसद सिंह विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै आएका थिए ।

 

शनिबार बिहान बगलामुखीमा सम्पन्न वैवाहिक समारोहमा युगल जोडीका केही आफन्त तथा सीमित साथीहरूको मात्र उपस्थिति थियो।

अमरेशकुमार सिंह लक्ष्मी जोशी

विशेष