News

राप्रपाको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको महासचिवको आरोप

राप्रपाको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको महासचिवको आरोप

काठमाडौं । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीको र्‍यालीमा प्रहरीको दमन भएको भन्दै विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले आपत्ति जनाएकी छन् । 

पुतलीसडकमा धर्नामा बसेका राप्रसाका कार्यकर्तामाथि भएको प्रहरीको लाठी चार्जबाट राप्रपाका कार्यकर्ताहरु घाइते भएका थिए । यस घटनाले शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकारलाई समेत सरकारले कुण्ठित गर्ने दुस्साहस भएको उनको बुझाइ छ । 

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्र्ने सरकारको यस्तो दमनकारी गतिविधि निन्दनीय भएको उनले बताएकी छन् । यसका साथै उनले सरकारको यस्तो कदमको विराेध गर्न सबैलाई अनुरोध पनि गरेकी छन् । 
 

विशेष