ललितानिवास जग्गा हिनामिना : नेकपा महासचिव पौडेलको पनि संलग्न
काठमाडौं । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको पाइएको छ।
सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नाममा ललितानिवास परिसरमा जग्गा छ। मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोराका नाममा किनेका हुन्। पौडेल तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाका महासचिव हुन्। उनी सांसद पनि हुन्।
पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको छ। सरकारी सम्पत्ति ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायमा अध्ययन भइरहेका छन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
विष्णु पौडेल ललितानिवास