News

कृषि परियोजनामा प्रदेश सरकारले चीनसँग सम्झौता गरेपछि राजविराजमा प्रदर्शनी

कृषि परियोजनामा प्रदेश सरकारले चीनसँग सम्झौता गरेपछि राजविराजमा प्रदर्शनी

राजबिराज । चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै राजबिराजमा प्रदर्शन भएको छ । 

 

स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रने बताए । 

राजबिराजको शिव मन्दिरबाट निकालिएको र्‍याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो । 

 

कोणसभामा बोल्दै स्थानीय किसान के नेता विशेश्वर दास , युवा नेता दिनेश कुमार शर्मा, सोनु दास , विद्यार्थी नेता महेश कुमार यादव , नागरिक समाज के अगुवा इन्द्रदेव यादव, श्रवण कुमार दास , नरेश कुमार यादव लगायतले  यो कार्य रोक्न केन्द्रीय र प्रदेश सरकारसँग आग्रह गर्दै नरोकिए कड आन्दोलनमा उत्रने बताए ।युवा विद्यार्थीऔर किसान के संयुक्त आयोजनामे विरोध प्रदर्शन एवं कोन सभा सम्पन  भएको थियो ।

राजविराजमा प्रदर्शनी

विशेष