News मुख्य समाचार

शिख समुदायका विवादास्पद एक पात्रको निम्तोमा उपराष्ट्रपति फस्दै 

शिख समुदायका विवादास्पद एक पात्रको निम्तोमा उपराष्ट्रपति फस्दै 

काठमाडौं । प्रितम सिंह नामक एक विवादास्पद व्यक्तिको आयोजनामा हुन लागेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन नै सहभागी हुन लागेपछि नेपालका शिखहरु आश्चर्यमा परेका छन् । 

 

नेपालमा रहेका शिखहरुको साझा धार्मिक संस्था गुरुद्वारा गुरु नानक सत्संग समितिका स्वघोषित अध्यक्ष प्रितम सिंहले उपराष्ट्रपतिलाई निम्तो दिएर नयाँ वर्षको कार्यक्रम गर्न लागेको थाहा पाएपछि शिख सम्प्रदाय आश्चर्यमा परेको छ । 

 

नेपालमा लामो समयदेखि बस्दै आएका भारतीय नागरिक प्रितम सिंहले ललितपुर कुपण्डोलस्थिति सत्संग समितिमा उपराष्ट्रपतिलाई प्रमुख अतिथिका रुपमा निम्तो गरेका छन् । यद्यपि सो समितिका अध्यक्ष करनैल  सिंह चौधरी हुन् । उपराष्ट्रपति पुग्ने कार्यक्रममा हुन सक्ने सम्भावित प्रदर्शनका कारण यो कार्यक्रम विवादास्पद बन्ने सम्भावना पनि उत्तिकै छ । 

 

शिख समुदायका एक अगुवाले नेपालआजसँग भने, ‘अवैध अध्यक्षले दिएको निम्ता उपराष्ट्रपतिज्युले स्विकार्नु हुँदैन । यदि उहाँ प्रितमको निम्तोमा आउनु भयो भने पनि हामी उपराष्ट्रपतिको विरोध त गर्दैनौं । तर स्वघोषित अध्यक्षविरुद्धका क्रियाकलाप भने गर्छौं ।’

 

यता वैधानिक अध्यक्ष करनैल  सिंह  चौधरीले पनि नयाँ वर्षमा विभिन्न कार्यक्रमको आयोजना सोही स्थलमा गर्ने तयारी गरेका छन् । एउटै स्थलमा फरक फर दुई कार्यक्रम  र दुई प्रमुख अतिथि हुँदा विवाद उत्पन्न हुने सम्भावना पनि उत्तिकै छ । 

नेपालका शिखहरु स्पष्ट रुपमा दुई कित्तामा छन् । यस्तो चर्को अन्तरविरोध भएको संस्थामा उपराष्ट्रपतिले  कुनै एक समूहको निम्तो स्वीकार गरेर अर्को समूहलाई निरास बनाउन पदीय दृष्टिले पनि शोभायमान हुँदैन । 

 

यसअघि पनि प्रितम सिंहले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई एक कार्यक्रममा झुक्याएर बोलाएका थिए । 
 

 

र यो पनि 

भारतीय राजदूत पुरीलाई झुक्याएर कार्यक्रममा बोलाइयो

विशेष