रहेनन् उद्योगी दिवाकर गोल्छा
काठमाडौं : उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा उपचाररत ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको हो । उनी पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद बनेका थिए ।
तमिलनाडुको एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट भएको थियो । उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिने उद्यमी तथा दिवाकरका भाई शेखर गोल्छाले जानकारी दिए ।
दिवाकर गोल्छा