नेपाली बजारमा मारुती सुजुकीको न्यूँ बिग वागन आर (भिडियाे सहित)
काठमाडौं । मारुती सुजुकीले नेपाली बजारमा बिग वागन आर कार ल्याएको छ ।
नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आज राजधानीमा एक समारोहकाबीच उक्त कार सार्वजनिक गरेको हो ।
यसै अबसरमा कम्पनीले आजै ललितपुरको धोवीघाटमा आफ्नो नयाँ सोरुम समेत उद्घाटन गरेको छ । नयाँ कार नयाँ शोरुम कम्पनीले विशेष कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।
बिग वागन आर कार पहिलेकै वागन आरको परिमार्जित भर्सन हो । जुन भारतीय बजारमा केहि समय अघि मात्र सार्वजनिक भएको थियो ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमानै नेपाल भित्रीएको वागन आरको भित्री–वाहिरी बनावटमा व्यापक परिमार्जन गरिएको छ । नयाँ कार पुरानोको तुलनामा निकै आकर्षक समेत रहेको कम्पनीले बताएको छ ।
वागन आर पहिले जस्तै टलब्वाई डिजाइनमा उपलब्ध छ । यद्यपि यसको एक्सटेरियर र इन्टेरियरमा विभिन्न थप फिचरहरु समाहित गरिएका छन् । कम्पनीले बिग वागन आरलाई तेस्रो पुस्ताको संज्ञा दिएको छ ।
नयाँ वागन आर सुजुकीको नयाँ हार्टेक्ट प्लेटफर्ममा निर्माण गरिएको छ । त्यसैले पनि यो पहिले भन्दा बढी हलुका, ठूलो, सुरक्षित र आरामदायक छ । पहिले भन्दा यसको ह्विलबेस ३५ एमएम र चौडाई १२५ एमएम बढी छ । यसको अघिल्लो भागमा क्रोम स्ट्रिपका साथ रेक्टेंगुलर ग्रिल छ । यसको हेडल्याम्प्स पनि हालको मोडल भन्दा ठूलो छ । यसमा थ्री स्लेट एयरड्यामका साथ ड्युअल टोन बम्पर छ र यसको दुवैतरि फग ल्याम्प्स पोड्स छ ।
यसमा इन्टिग्रेटेड टर्न इन्डिकेटर्सका साथ आउटसाइड रियर भ्यु मिरर (ओआरभीएम) छ । कारमा १४ इन्चको एलोई ह्विल छ । त्यसैगरी फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसको पछिल्लो भागको लुक्समा पनि केही परिवर्तन गरिएको छ । यो कार दुई इन्जिन अप्सनमा उपलब्ध छ । एउटामा ९९८ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन छ । यसले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्नेछ । त्यसैगरी अर्को अप्सनमा ११९७ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन छ । यसले ८३ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ ।
मारुती सुजुकी वागन आरको क्याविन वर्तमान मोडल जस्तै साधारण छ । ड्यासबोर्डमा ब्राउन र बेज कलरमा ड्युअल टोन फिनिस उपलब्ध छ । क्याबिनमा ठूलो एमआईडी युनिटका साथ इन्स्ट्रयुमेन्ट कन्सोल र टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम पनि उपलब्ध हुनेछ । यसको स्टेयरिङ ह्विलमा सिल्भर फिनिस दिइएको छ । त्यसैगरी स्टेयरिङ माउन्टेड अडियो र फोन कन्ट्रोलको सुविधा पनि उपलब्ध रहेको छ ।
१.० लिटर र १.२ लिटरको इन्जिन उपलब्ध न्यूँ वागन आर तीन भेरियन्टमा आएको छ ।
नेपाली बजारमा उपलब्ध १.० लिटर भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र १.२ लिटर भीएक्सआई (अप्सन)को मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । र १.२ लिटर जेडएक्सआई (अप्सनल)को भने २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
जसमा १.० लिटरको वागन आरले २२.५ किलोमिटर र १.२ लिटरको वागन आरले २१.५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ ।