News

एमबिबिएस उत्तीर्ण ७५ प्रतिशत डाक्टर सेवा प्रवेशमा 'फेल', चीन र बंगलादेशमा पढेका धेरै

एमबिबिएस उत्तीर्ण ७५ प्रतिशत डाक्टर सेवा प्रवेशमा 'फेल', चीन र बंगलादेशमा पढेका धेरै

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्। शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए।

८ सय ३५ जना फेल भएका छन्। काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन्। परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् । एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए।

बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए। परीक्षामा सहभागी ८ सय ३० जना एमबीबीएस र बीडीएसमा पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए । लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन्। त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

चिकित्सक

विशेष