Breaking News News

बारा र पर्साका हावाहुरी प्रभावितलाई नेकपाले एक र कांग्रेसले २ दिनको तलव कटाएर सहयोग गर्ने

बारा र पर्साका हावाहुरी प्रभावितलाई नेकपाले एक र कांग्रेसले २ दिनको तलव कटाएर सहयोग गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसदको तलब कटाएर बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गर्ने भएका छन् ।

 

नेकपाले संघीय संसदका दुबै सदनमा प्रतिनिधित्व गर्ने सांसदको एक दिनको तलब कटाएर सहयोग गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइक्रो ब्लगिङ सााइट ट्वीटरमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनेको पारिश्रमिक बराबर रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरिने उल्लेख गरे । 

 

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको दुई दिनको तलब हावाहुरीबाट प्रभावित परिवारका लागि राहतवाफत सहयोग गर्ने जनाएको छ । दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गरी सांसदको दुई दिनको तलब सहयोग गर्ने उल्लेख गरेका हुन् ।

 

संसदीय दलका नेता सहित अधिकांश नेता जिल्लामा रहेकाले दलको बैठक बस्ने नसकेपनि सल्लाह गरेर दुई दिनको तलब दिने निर्णय गरिएको प्रमुख सचेतक खाँडले जानकारी दिए ।   

 

हावाहुरी

विशेष