३ सेकेण्ड बाटो छेक्दा किम जोङले आफ्नै फोटोग्राफरलाई जागिरबाट निकाले

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएँका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो ।
स्थानीय मिडियाका अनुसार फोटोग्राफरको नाम री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरेको अरोप लागेको छ ।
यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको उल्लघंन गरेको आरोप पनि लागेको छ । री गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए ।
किम जोङ उन उत्तर कोरिया