News

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो, घाइते सबै पाल्पा 'रिफर'

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो, घाइते सबै पाल्पा 'रिफर'

चैत । गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ का ७२ वर्षीय पूर्वसांसद रुद्रमणी भण्डारी, मालिका गाउँपालिका १  नेटाका  ८ वर्षीय वस्कर बिक मालिका र गाउँपालिका-२ की ३६ वर्षीया कौशीला थापाको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरूमा मालिका गाउँपालिका-२ का ३२ वर्षीय सूर्यबहादुर थापा , ३ वर्षीया कृतिमा थापा, ५ वर्षीया ज्ञानीष थापा, ३६ वर्षीय चालक कमल पुरी, १८ वर्षीय नरेन्द्र शिरिष, मुसीकोट नगरपालिका-१ का ४० वर्षीय भोजबहादुर भट्टराई र सोही ठाउँकै रीमा भट्टराई रहेका छन्।  घाइतेहरू सबैलाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

मालिका गाउँपालिका दर्लिङदेखि बुटवलका लागि छुटेको लु१ज १९५७ नम्बरको जिप मुसीकोट नगरपालिका १ चैनडाडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी  निरीक्षक रवीन्द्र बहादुर खडकाले जानकारी  दिए। जीप सडकदेखि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीपमा १० सवार रहेको बताइएको छ। दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना

विशेष