News अर्थ कर्पोरेट मुख्य समाचार देश

झन् झन् कमजोर बन्दै मुलुकको अर्थतन्त्र, झण्डै ६४ प्रतिशतले बढ्यो व्यापार घाटा

झन् झन् कमजोर बन्दै मुलुकको अर्थतन्त्र, झण्डै ६४ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार घाटा झन् झन् बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७२/७३को तुलनामा चालु आर्थिक वर्ष २०७४/७५ को अन्तराष्ट्रि व्यापार घाटा ६३.९२ प्रतिशतले बढेको हो । 

 

५६औं महालेखापरीक्षणको प्रतिवेदनले विलासिताको वस्तुका साथै अन्तराष्ट्रिय उत्पादनको उच्च आयात र न्यून निर्यातका कारण अन्तराष्ट्रिय व्यापार घाटा झन् झन् चुलिदै गएको देखाएको छ । यसले व्यापार भूक्तानी सन्तुलनमा समेत प्रतिकुल प्रभाव पारेको प्रतेवेदनले देखाएको छ । 

 

मुलुकको व्यापार घाटा न्यून गर्न विलासिताको सामाग्रीको प्रयोगमा नियन्त्रण गर्नु पर्ने र त्यस्ता वस्तुमा लाग्ने राजस्वमा समेत पुनरावलोकन गरेर व्यापार घाटा घटाउनु पर्ने प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ ।

 

अहिले प्रत्येक नेपालीको टाउको ३१ हजार ७ सय ५० रुपैँया ऋण पुगेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार एक बर्षको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ७ हजार ४३ रुपैँया ऋण थपिएको छ ।

 

जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ ऋर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गतबर्षको तुलनामा ३१.१९ प्रतिशत अर्थात २ खर्ब १७ अर्ब ६२ करोडले वृद्धि भएको हो।

अर्थ मन्त्रालय

विशेष