News

निजी विद्यालयको मासिक शुल्क २७ प्रतिशत बढाउन महानगरले दियो स्वीकृति

निजी विद्यालयको मासिक शुल्क २७ प्रतिशत बढाउन महानगरले दियो स्वीकृति

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ।

फागुन २६ गते बसेको महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन पाउनेगरी नयाँ शुल्कदर तोकेको हो। नयाँ शैक्षिक सत्र वैशाख २ गते सुरु हुनेछ।  महानगरभित्र सञ्चालित ६४५ निजी विद्यालयमा अब नयाँ शुल्कदर कार्यान्वयन हुने महानगर शिक्षा विभागकी प्रमुख निर्मला केसीले बताइन्।

काठमाडौं महानगरभित्र ७३६ विद्यालय सञ्चालनमा छन्। संघीय सरकारले मुलुकमा निजी र सरकारी शिक्षा समायाजन गरी एकैखाले शिक्षाको व्यवस्था गर्न संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको वेला स्थानीय सरकारले निजी विद्यालयलाई शुल्क बढाउन छुट दिएपछि विरोधाभाष देखिएको छ। नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

निजी विद्यालय शुल्क वृद्धि

विशेष