हुरीबतासपीडितका लागि मानवीय सहायता उपलब्ध गराउन शिव सेनाले खटायो टोली
काठमाडौं । बारामा हावाहुण्डरीले मच्चाएको वितण्डामा पीडित भएकाहरुलाई सहयोग गर्न शिव सेना नेपालले आफ्ना शिव सैनिकहरु परिचालन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्यहरु हरिनायण साह, पृथ्वी झा र जनकलाल साहको नेतृत्वमा शिव सेना नेपालले सहयोग, उद्धार र मानवीय सहायतका लागि टोली हावाहुण्डरी प्रभावित क्षेत्रमा पठाएको छ । पर्साबाट जनकलाल साह र पृथ्वी झा नेतृत्वको टोली बारातर्फ प्रस्थान गरेको छ भने बारामा हरिनारायण साहको टोली घटनाप्रभावित क्षेत्रमा पुगिसकेको छ ।
आइतबार साँझ आएको हावाहुण्डरीका कारण बारामा मात्रै २७ को मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइेत भएका छन् । विनाशकारी हुण्डरीकाले ठूलो मात्रामा धनजनको क्षतिपुर्याएपछि सो क्षेत्रमा अहिले धेरै पीडितहरुका लागि औषधि उपचार, राहत, लत्ताकपडाजस्ता आधारभूत आवश्यकताका वस्तु चाहिएकोछ ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’को निर्देशनमा शिव सैनिकहरुको टोली तत्कार उद्धार र सहयोगका लागि परिचालित भएको हो । अध्यक्ष बस्नेत भने अहिले इलाममा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको इलाम र पाँचथर भ्रमणमा स्वयं सेवक परिचालन, सुरक्षा व्यवस्थामा सहयोग पु¥याउन अध्यक्ष बस्नेत पूर्वी पहाडी जिल्लामा क्रियाशील छन् ।
इलाममा रहेकै बेला अध्यक्ष बस्नेतले आफ्ना केन्द्रीय नेताहरुलाई हुण्डरीपीडितहरुलाई हरप्रकारले मानवीय सहायता प्रदान गर्न निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै तीन जना केन्द्रीय सदस्यको नेतृत्वमा हुण्डरीप्रभावित क्षेत्रमा शिव सैनिकहरुको टोली खटिन लागेकोछ ।
टोलीले पीडितहरुलाई आवश्यक पर्ने सबैखाले सहयोग उपलब्ध गराउन कोसिस गर्नेछ ।
‘राजा र जनता भनेकै सही अर्थमा राष्ट्र हो’ भन्ने मान्यता बोकेको शिव सेना नेपाल हिन्दुत्व र राजसंस्थाको पक्षधर राजनीतिक दल हो । यो दलले विनाशकारी भूकम्पका बेलासमेत धेरैदिनसम्म काठमाडौं र अन्य जिल्लामा मानवीय सहायता उपलब्ध गराएको थियो । भारतले गरेको नाकाबन्दीको बेला ६ महिनासम्म निःशुल्क भोजनमार्फत हजारौं भोका नागरिकहरुलाई खाना खुवाएको थियो ।
धर्मको भावनाबाट राजनीति गर्ने, धर्मको माध्यमबाट सामाजिक कुुरीति हटाउने, सामाजिक सद्भाव बढाउने काममा शिव सेना नेपालले मुलुकमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।