News

नोटाम लागूपछि उडान अनुमति दिएको विषयमा विमानस्थलका महाप्रबन्धकसँग स्पष्टीकरण

नोटाम लागूपछि उडान अनुमति दिएको विषयमा विमानस्थलका महाप्रबन्धकसँग स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग स्पष्टीकरण दिएका छन्।

राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भएको अवस्थामा मंगलबार १०ः१७ बजे फ्लाई दुबईलाई अनुमति दिएको विषयमा क्षेत्रीले २४ घण्टे स्पष्टीकरण दिएका हुन्।

नोटाम लागू भइसकेको अवस्थामा १७ मिनेट समय दिएर फ्लाई दुबईलाई उडान अनुमति दिएको विषयमा बुधबार मन्त्रालय र क्यानले २४ घन्टे स्पष्टीकरण मागेका थिए। रनवेको काम सुरु नभएका कारण इन्जिनियरहरूसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको क्षेत्रीको स्पष्टीकरणमा उल्लेख रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

जहाज १० बजे पुस ब्याक गर्न तयार भइसकेको र सबै यात्रु भित्र पसेको अवस्थामा टावर र सम्बन्धित एअरलाइन्सलाई सोध्दा पाँचदेखि सात मिनेटभित्रै जहाज उड्न सक्ने जानकारी दिएपछि मानवताका नाताले कुनै पनि यात्रुलाई असर नपरोस् भन्ने उद्देश्यले उडान अनुमति दिएको क्षेत्रीको भनाइ छ।

राजकुमार क्षेत्री उड्डयन प्राधिकरण

विशेष