भिडियो राजनीति कभर स्टोरी

राष्ट्रपतिकै कारण गणतन्त्र बद्नाम ( भिडियोसहित) 

राष्ट्रपतिकै कारण गणतन्त्र बद्नाम ( भिडियोसहित) 

सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव बिष्णु पौडेल ठगिएको र उनलाई क्षतिपूर्ति दिनुपर्ने भनेपछि पुराना राजनीतिज्ञ एवम राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणा गलल हाँसे । 

बालुवाटारको जमिन मेरा पुर्खाको आर्जन 

राणाले भने, ‘यो सरकार र नेकपा पार्टीले भ्रष्टाचारको सीमा नाघ्यो । यिनीहरुका हरेक काममा भ्रष्टाचारको गन्ध आउँछ । भ्रष्टाचारलाई कसरी संरक्षण र प्रवद्र्धन गर्छन् भन्ने अर्को उदाहरण बिष्णु पौडेलको कर्म र सञ्चारमन्त्रीको अभिव्यक्ति हो ।’

राणाले विगत सम्झिदै भने, ‘वाइडबडी जहाजको कुरा के भयो ? एनसेलमा के भयो ? आयल निगमको जग्गा खरिद प्रकरण कहाँ पुग्यो ? राजदूत लगायत विभिन्न संवैधानिक क्षेत्रमा हुने नियुक्तिमा के हुन्छ ? कोशी करिडोर परियोजना, विद्युत प्राधिकरण, नेपाल टेलिकम....कति उदाहरण भन्ने ? प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलताको गफ दिएर हुन्छ ?’
हुँदाहुँदा अब बालुवाटारको जग्गा पनि खान थाले ।  राष्ट्रपति भवन शीतल निवास जस्तै प्रधानमन्त्री निवास बालुवाटार पनि आफना पुर्खाले ‘लभ अफ टोकन’ का रुपमा प्रदान गरेको स्मरण गर्दै नेता राणाले  गणतन्त्रका नेताहरुले मच्चाएको ब्रम्हलुटप्रति खेद प्रकट गरे । 

">

राष्ट्रपति मर्यादा बाहिर

अध्यक्ष राणाका अनुसार सरकारले मात्र होइन राष्ट्रपति विद्या भण्डारीले गणतन्त्रलाई बदनाम गराउने काम गरिन । राष्ट्रपति भण्डारी समग्र मुलुकको राष्ट्राध्यक्ष नभइ तात्कालिन एमाले पार्टीको मात्र राष्ट्रपतिको अवतारमा देखिएको राणाको आरोप छ । 

उनी भन्छन्, ‘पूर्ववर्ती सरकारले लागि पेश गरेका विधेयक अड्काएर बस्ने, ओलीले लगेका विधेयक एकै मिनेटमा अनुमोदन गर्ने, यो विभेद होइन ? मेरा पूर्खाले दिएको शीतल निवासको जग्गा राष्ट्रपतिलाई अब नपुग्ने भयो, प्रहरी तालिम केन्द्रलाई हटाएर थप ठाउँ चाहियो रे, करोडौंका गाडी, हेलिकप्टर चाहियो रे...यो त अत्ति भएन र भन्या ? ’
राणामा यत्तिमै रोकिएनन् । उनले भने, ‘दशैंमा हेर्नुहोस, टीका लगाउने तरिका । मान्छेलाई घुँडा टेकाएर टीका लगाइएको छ । सवारीका नाममा सर्वसाधारण घण्टौं जाममा उभिनुपर्ने अवस्था छ । यस्तै हो गणतन्त्र भनेको ? ’

राष्ट्रपतिका गतिविधिले गणतन्त्र नै बदनाम भएकाले त्यसको विकल्पका लागि आफूहरुले राजसंस्थाको लाइन लिएको उनले स्पष्ट पारे । आफूहरुले भन्ने वित्तिकै राजसंस्था स्थापित नभएपनि यसका लागि सबै दल र जनताले बहस थाल्नुपर्ने उनको सुझाव छ । 

राजालाई धोका 

राजसंस्थासंगै मुलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अपरिहार्य भैसकेको छ । २०६२÷०६३ को आन्दोलनमा तात्कालिन सात दल र राजा ज्ञानेन्द्रबीच भएको सहमति अनुसार मुलुक अघि बढेको छैन । सहमतिका लागि भारतको दूतको रुपमा आएका करणसिंह आफनो भिनाजुसमेत रहेको जानकारी दिंदै राणाले भने, ‘करणले दिएको जानकारी अनुसार दलीय शासन पद्धतिमा सहमति भएको हो, राजसंस्था नै फाल्ने होइन । मुलुकलाई निरपेक्ष बनाउने सवालमा त कुरै भएको थिएन । ’

राजा र दलहरुबीच लिखित नभई मौखिकमा भद्र सहमति मात्र भएको थियो । तात्कालिन भारतीय राजदूत श्यामशरणले सहमति भएको केही दिनमै कुनै सहमति नभएको बताएपछि राजामाथि धोका भएको रुपमा आफूले बुझेको राणा बताउँछन् । यो बिषयमा करणसिंहले पनि पछि केही जवाफ दिएनन् । 

गफ नै सरकारको उपलब्धी

अध्यक्ष राणाले वर्तमान केपी ओली नेतृत्वको सरकारले ठूलाठूला गफ बाहेक सिन्को पनि भाँच्न नसकेको आरोप लगाए । विकास र समृद्धिको नाममा हावादारी गफ गर्नुबाहेक कुनै एउटा काम देखाउनुस जो देश र जनताको पक्षमा छ ? 

यो सरकारमाथि जनताको विश्वास उडिसकेकाले अबको चार बर्षसम्म यो सरकार चल्नेमा उनले शंका व्यक्त गरे । नेकपा आफैंभित्रको लडाईं र  चेतनशील जनताको तागतले सरकार ढल्ने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीलाई सुझाव दिंदै उनले भने, ‘ पीएम ज्यू ! अब धेरै गफ नगर्नुहोस । तपाईं सक्नु हुन्छ, आफ्नै वरिपरि रहेका भ्रष्टाचारीलाई कारवाही गर्नुहोस । सक्नु हुन्न, चूप लाग्नुस, हामी दिक्क भैसकेका छौं । ’

अध्यक्ष राणाले अहिले आफ्नो पार्टी केन्द्रदेखि गाउँसम्म समायोजन प्रक्रियामा लागेकाले त्यो काम पूरा हुने बित्तिकै आन्दोलनमा होमिने जानकारी दिए । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसंगको सहकार्य सदैव फलदायी हुँदै आएकाले अब पनि मुलुक र जनताको हितका लागि आफूहरुको एकता निकै महत्वपूर्ण हुने उनको विश्वास छ ।   

अबको एक बर्षपछि पार्टी महाधिवेशन हुने जानकारी दिंदै उनले विचार र सिद्धान्त मिल्ने जो कोहीसंग एकता गर्न आफ्नो पार्टी खुला रहेको प्रष्ट पारे ।

छोरो हुर्काउँदै देव्यानी

देव्यानीमा राजनीतिज्ञमा हुनुपर्ने सवै गुण छ । उनी शिक्षा, संस्कार र चेतनाका हिसावले अब्बल छिन् । राजनीतिमा आउने नआउने उनको स्वविवेकीय अधिकार हो । निर्णय गर्ने अधिकार देव्यानीकै हो । अहिले उनी सन्तान हुर्काउन व्यस्त छिन् । भविष्य के हुन्छ ? अहिले भन्न हतारो हुन्छ । 

">

गोकुलप्रसाद बाँस्कोटा विष्णु पौडेल

विशेष