News

वायुसेवा निगमको दुबई उडान रद्द : ६ कर्मचारीलाई कारावाही सिफारिस

वायुसेवा निगमको दुबई उडान रद्द : ६ कर्मचारीलाई कारावाही सिफारिस

काठमाडौं । नेपाल वायुसेवा निगमको यही चैत १९ गते राती सवा नौ बजे काठमाडौं दुबई उडान रद्द गर्ने कर्मचारीलाई कारबाही सिफारिस भएको छ । निगमको उक्त उडान रद्द भएको विषयमा आवश्यक छानबिन गर्न बनेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वको एक समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको उक्त प्रतिवेदनमा सम्बन्धित निकायका छ जना कर्मचारीलाई विभागीय कारबाही गर्न समितिले किटानीसहित सिफारिस गरेको छ ।

निगको उक्त उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुइ जना जिम्मेवार कर्मचारी, उडान रद्द भएपनि उपयुक्त कदम नचाल्ने नेपाल वायुसेवा निगमका विमानस्थल स्थित दुइ जना पदाधिकारी, उक्त समयमा ह्याङ्गर तथा पार्किङ वेमा जहाज ल्यउाने सन्दर्भमा कमजोरीगर्ने अर्को दुई कर्मचारीसहित ६ जनालाई कारवाही सिफारिश भएको छ । कारवाहीमा परेको कर्मचारीलाई सम्बन्धित कार्यालयले बिभागिय कारवाहीगर्ने भएकोले नाम सार्वजनिक नगरेको समिति संयोजक लामिछानेले बताए । यो खबर अन्नपूर्ण पोस्टबाट लिइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ

विशेष