आज २०७६ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष

काठमाडौं । आज २०७६ सालको पहिलो दिन अर्थात नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ।
विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प गर्ने गर्दछन भने आफन्त, साथीभाईलगायतसँग आसपासमा शुभकामना साटसाट गरी मनाइन्छ। नयाँ वर्षको अवसरमा आफन्तजनसँगको भेटघाट, सामूहिक जमघट गरी नाचगान, खानपिन गरी रमाइलो रमाइलो गर्ने गरिन्छ । नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ ।
विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ। विक्रम सम्वत भारत उज्जैनका राजा विक्रमादित्यले चलनमा ल्याएका हुन्। विक्रमादित्यले चलनमा ल्याएकोले यो सम्बतलाई विक्रम सम्वत भनिएको हो। नेपालमा सम्वतको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो। त्यस भन्दा पहिले नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो।
नयाँ वर्ष