News

हुरीबतासपीडितका लागि परिवार दलद्वारा आर्थिक सहयोग घोषणा 

हुरीबतासपीडितका लागि परिवार दलद्वारा आर्थिक सहयोग घोषणा 

काठमाडौं । हुरीबतासपीडितका लागि परिवार दलले ५० हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । दलको केन्द्रीय कार्यालयले बारा र पर्सामा आइतबार साँझ मच्चाएको वितण्डामा घरवारबिहीन भएकाहरुका लागि यस्तो सहयोग गर्ने सो दलले निर्णय गरेको हो । 

 

पीडित नागरिकहरुका लागि सफा पिउने पानी, उद्दार, खाद्यन्न, लत्ताकपडा आदिका लागि सहयोग स्वरुप रकम उपलब्ध गराउन लागिएको सो दलका प्रवक्ता एवं प्रदेश नम्बर २ का संयोजक सन्तोष पौडेलले जानकारी दिए । 

 

पार्टी अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीषण हावाहुरीमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि, परिवारजनमा समवेदना प्रकट गरेको छ । घटनामा घाइते भएकाहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग परिवार दलले आग्रह गरेको छ । 
 

विशेष