नयाँ वर्षकै दिन लुक्लामा विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आइतबार बिहान ९ः२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
हेलिकोप्टर दुर्घटना विमान दुर्घटना